ताजा समाचार
कालिञ्चोक गाउँको भौगोलिक अध्ययनका लागि हवाई सर्भे सम्पन्न
ड्रोन क्यामारा मार्फत समग्र गाउँको तथ्याङ्क संकलन गरी आबश्यक योजना निर्माण गरी विकास निर्माणको कार्य अगाढि बढाइने छ । ड्रोन क्यामाराले समग्र कालिञ्चोकको मौसम , प्राकृतिक विपत्तिका लागि पुर्वानुमान लगाएत सम्पुर्णको विवरण जिपिएस प्रणालीमा संकलन भई टोपो नक्सा तयार हुने काठ्माण्डौ विश्वबिद्यालयका इन्जिनियर संघर्ष थापाले जानकारी दिए । थापाका अनुसार आज बाट सुरु भई ७ दिन सम्म कालिञ्चोकको आकाशमा उडेको ड्रोन क्यामेराले सबै भुभागको तथ्याङ्क संकलन गरेको छ । काठमाण्डौ विश्वबिद्यालयका इन्जिनियर संघर्ष थापाले कालिञ्चोक गाउँको वडा कार्यालयबाट जमिनको सतहभन्दा ५० मिटर माथीको भागमा २० मिनेट सम्म परिक्षण उडान गरेका छन् । २० मिनेटको समयभित्र वडा कार्यालय आसपासको बेगुम्पा गाउँलाई ३ पटक फन्को मारेर क्यामेरा पुःन उढाइएको ठाउँमै आएर रोकिएको थियो । उक्त समयमा क्यामेराले सो गाउको सबै विवरण संकलन गरेको र जिपिएस प्रणलीमा कनेक्ट गर्ने इन्जिनियर थापाले जानकारी दिए ।
२०७२ साल बैशाखमा आएका ३ शक्तिसाली भुकम्पबाट जमिनको अबस्थामा आएको परिबर्तन सँगै बस्ति बसाउन योग्य रहेको या नरहेको बारेमा पनि जिपिएस प्रबिधिले आबश्यक सुचनाहरु उपलब्ध गराउने छ । अत्याधुनिक प्रविधि जडान गरिएको जिपिएस प्रणालीले अध्ययन पछि कालिञ्चोक मन्दिर लगाएत केही सुख्खा क्षेत्रहरुमा बादलबाट पानी संकलन गर्ने फग वाटर कार्यक्रम समेत सञ्चालन गरिने केन्द्रका टाेली प्रमुख हिरा बहादुर घलेले बताएका छन् । उक्त सस्थाले भुकम्पपछि कालिञ्चोकको राहत पुनस्थापना र पुनर्निर्माण सँगै दैनिक जिविकोपार्जनको क्षेत्रमा काम गरिरहेको स्थानीयहरुले बताउदै आएका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले ड्रोन क्यामेरा मार्फत तथ्याङ्क पहिचान गर्ने कार्यक्रम जिल्लाको पहिलो भएको बताएका छन् । अधिकारी बोहोराका अनुसार ड्रोन उडाउने प्रक्रिया नेपाल सरकारबाटै कडाई गरिएको बताउदै काठ्माण्डौ बिश्वविद्यालयको सहयोगमा नाम्सालिङ सामुदायिक विकास केन्द्रलाई गृह मन्त्रालयको अनुमती आफुहरुलाई बोधार्थ आएकोले कालिञ्चोकमा सुरु भएको हो । प्रजिअ अधिकारीले उनिहरुसँग आबश्यक परामर्श गरी जिल्लाका जोखिमयुक्त ठाउँहरुको पनि अबलोकन गर्नुपर्ने देखिएमा परामर्श गर्ने बताएका छन् ।
आर्थिक वर्ष:
सेवाहरु















